logo
बिहिबार, असोज २० २०७९
बालुवाटार भित्र पसेर महन्थले देउवालाई दिए धन्यवाद

बालुवाटार भित्र पसेर महन्थले देउवालाई दिए धन्यवाद


2.7K
SHARES

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको लोसपाले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा लगेकामा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भेटका क्रममा धन्यवाद दिएको सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले नागरिकता विधेयक सदनमा लग्नुभएको छ, त्यसको लागि हामीले धन्यवाद दियौँ ।’ सो विधेयक चाँडै पारित हुने प्रधानमन्त्री देउवाले विश्वास दिलाएको उनले बताए ।

जेलमा रहेका रेशम चौधरीलगायतका बन्दी रिहाइ, लगाइएको झुठा मुद्दा फिर्ताको विषयमा पनि कुराकानी भएको उनको भनाइ छ ।

उनले भने, बन्दी रिहाइ, मुद्दा फिर्तालगायतको विषयमा सरकारले अध्ययन थालिसकेको छ, केही दिनमै त्यसको टुंगो लगाउने कुरा पनि प्रधानमन्त्रीज्यूले भन्नुभएको छ ।’ थप अरु कुनै विषयमा कुराकानी नभएको उनले दाबी गरे ।

अर्का एक स्रोतले भने प्रधानमन्त्री देउवाले अहिलेका सत्ता गठबन्धनमा सहभागी हुनका लागि देउवाले महन्थ ठाकुरलाई आग्रह गरेका छन् ।

ठाकुरले भने लोकतान्त्रिक गठबन्धन बनाए त्यसमा आफ्नो दल सहभागी हुने जवाफ दिएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार