मंगलबार, असोज १२ २०७८

सुदूरपश्चिम इन्चार्ज मै हुँ, पार्टीले जिम्मेवारीबाट हटाएको छैनः भीम रावल


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, भाद्र २९ २०७८
297
SHARES

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।

मंगलबार कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले आफू उपाध्यक्षसँगै सुदूरपश्चिम इन्चार्जको जिम्मेवारीमा यथावत रहेको बताएका हुन् ।

उपाध्यक्ष रावलले आफूलाई कसैले इन्चार्जको जिम्मेवारीबाट नहटाएको बताए । ‘पार्टीले मलाई इन्चार्जको जिम्मेवारीबाट हटाएको कुरामा सत्यता छैन,’ उनले भने, ‘म उपाध्यक्षसँगै सुदूरपश्चिम इन्चार्जको जिम्मेवारीमा यथावत छु ।’

उनले पार्टीको हितका हुने भए पद छोड्न डराउने मान्छे आफू नभएको बताए । ‘म पार्टीको हित हुन्छ भने पद छोड्न डराउने मान्छे होइन,’ उनले भने, ‘उपलब्धि नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ हुँदैन ।’

उनले पार्टीको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । तर, कसैले पाखा लगाउन खाजे त्यसको परिणाम राम्रो नहुने उनले चेतावनी दिए ।

उनले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्नेमा उनले जोड दिए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेका बताए ।

उनले १०बुँदे सहमति भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै तुक नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार