मंगलबार, असोज १२ २०७८

भीम रावल होइन सुदूरपश्चिम इन्चार्ज मै हुँः लेखराज भट्ट


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, भाद्र २९ २०७८
91
SHARES

काठमाडौं । नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै भएको बताएका छन् ।

मंगलबार प्रेस चौतारी कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै उनले इन्चार्जको विषयमा कुने विवाद नरहेको बताएका हुन् ।

भट्टले भने, ‘मलाई ओलीजीले तपाईं नै प्रदेशको इन्चार्ज भनेको हो,’ उनले भने, ‘भीम रावललाई संयोजन गर्ने जिम्मेवारी हो, मेरो भीम रावलसँग कुनै मतभेद छैन।

’सुदूरपश्चिमको प्रदेश इन्चार्ज आफु, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावलले सहजीकरण गर्ने कुरा भएको बताउदै भट्टले रावल र आफ्नोबीचमा कुनै खालको मतभेद नरहेको दाबी समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार