मंगलबार, असोज १२ २०७८

भीम रावलले ओलीलाई भने- मलाई पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, भाद्र २९ २०७८
341
SHARES

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटी संयोजक भीमबहादुर राववले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग छलफल गर्दै राववले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।

तर, कसैले पाखा लगाउन खाजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उनको चेतावनी छ । ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भने, ‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ ।’

उनले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए ।

उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अत्रतत्र गएको बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलानमा परेका बताए ।

भीम रावलले आफूनिकटलाई सोधे- एमाले छोडौं कि नछोडौं

एमाले विभाजन भएपछि उपाध्यक्ष भीम रावल पहिलोपटक सुदूरपश्चिम पुगेका छन् । उनलाई त्यहाँका कार्यकर्ताहरुले पार्टी कार्यालय पुर्याएका छन् ।

पार्टी कार्यालय पुगेका रावल अहिले नेताहरुसँग छलफलमा व्यस्त देखिएका छन् । एमाले सुदूरपश्चिमको इन्चार्जका विषयमा विवाद भएपछि उनी त्यहाँ पुगेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेपछि पार्टी छाड्ने मूडमा पुगेका रावलले त्यहाँका नेताहरुसँग पार्टी छाड्ने या नछाड्ने भन्ने विषयमा छलफल गरिरहेको एक नेताले जानकारी दिए ।

छलफलमा सहभागी एक नेताले रावल एमाले छोड्ने मूडमा रहेको बताए । रावलको भनाइ उदृत गर्दै उनले भने ९ ओलीले दस बुँदे कार्यान्वयन नगरेपछि हामीलाई अप्ठेरो परेको छ । तपाईहरूले सल्लाह दिनुपर्यो, एमाले छोडौं कि नछोडौं भनेर ।

ओलीले सुदुरपश्चिमको इञ्चार्जमा पूर्व माओवादीका नेता लेखराज भट्टलाई नै निरन्तरता दिएपछि ओलीसँग असन्तुष्ट रहेका रावलले १० बुँदेलाई अक्षरस पालना गर्नुपर्ने बताए । तर, उनले पार्टी फुटाउने विषय कुनै व्यक्तिको स्वार्थबाट केन्द्रित भएको पनि उल्लेख गरे ।

आफूहरूले अझै विचार गरेर अघि बढ्न सुझाएको ती नेताको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार