logo
बिहिबार, असोज २० २०७९
सरकारले भाषा साहित्य र संस्कृतिको सम्वर्द्धनमा योगदान पुर्‍याएको छः देउवा

सरकारले भाषा साहित्य र संस्कृतिको सम्वर्द्धनमा योगदान पुर्‍याएको छः देउवा


130
SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, साहित्य, संस्कृति, कला, संगीत देशको गौरवको विषय रहेको भन्दै यिनीरुको सरंक्षण गर्नु सबैको दायित्व भएको बताएका छन्।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा साहित्य संस्कृति,कला मुलुकका गहना रहेको र यी राष्ट्रिय गौरबका विषय रहेको बताए।

उनले भने, ुयी क्षेत्रको विकास र संरक्षण गर्नु हाम्रो राष्ट्रिय दायित्व हो । सरकारले भाषा साहित्य संस्कृतिको सम्वद्र्धनमा योगदान पुर्‍याएको छ।

राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनेहरुलाई देशको समृद्धिमा लाग्न सुझाव दिए । प्रधानमन्त्री देउवाले भने,’ श्रष्टा र साधकहरुको सम्मानबाट सम्बन्धित क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर हुन्छ । र, उहाँहरुलाई थप सृजनात्मक कार्यमा लाग्न अभिप्रेरित हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार