logo
बिहिबार, असोज २० २०७९
माओवादीमा छिट्टै विशेष महाधिवेशन गर्छौः प्रचण्ड

माओवादीमा छिट्टै विशेष महाधिवेशन गर्छौः प्रचण्ड


211
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन् । महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ ।

‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भने ।

गत पुसमा आठौं महाधिवेशन गरेको महाधिवेशनले पार्टीलाई गति दिन विशेष महाधिवेशन गर्ने बताउँदै आएको छ ।

अर्थमन्त्रीको राजीनामाले नैतिकताको सन्देश गएको छ

अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश गएको बताएका छन् ।

छानबिनलाई सहज बनाउनका राजीनामा दिएको उल्लेख गर्दै प्रचण्डले अर्थमन्त्री राजीनामा दिनैपर्ने बाध्यता नभएपनि पार्टीले नैतिकता देखाएको उल्लेख गरे ।

‘यसमा हामी काउन्टर अट्याकमा जाने कुरा पनि होइन । छानबिन प्रक्रियालाई सहज बनाउन राजीनामा दिनु नै सहज हुन्छ भनेर अर्थमन्त्रीले रोष्टमबाट आफ्ना कुरा दृढतापूर्वक राखेर राजीनामा दिनुभएको हो । राजीनामाले एउटा सन्देश गएको छ’, प्रचण्डले केन्द्रीय समिति बैठकमा बिहीबार भने ।

प्रचण्डले राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको पनि बताए ।

उनले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने तथा सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने षड्यन्त्र भएको बताए । प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले कुनै गल्ती नगरेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार