logo
बिहिबार, भाद्र २ २०७९
आरोप पुष्टि नभए जनार्दन शर्मानै अर्थमन्त्रीमा फर्कनेछन्ः वर्षमान पुन

आरोप पुष्टि नभए जनार्दन शर्मानै अर्थमन्त्रीमा फर्कनेछन्ः वर्षमान पुन


156
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् ।

अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै नेता पुनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका हुन् ।

संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जानकारी दिए ।

पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताए ।

अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार