logo
बिहिबार, भाद्र २ २०७९
मेयर बालेनसँग मागे जनप्रतिनिधिले लोगो

मेयर बालेनसँग मागे जनप्रतिनिधिले लोगो


130
SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले मेयर बालेन्द्र साह (बालेन) सँग लोगो माग गरेका छन् ।

बुधबार जारी महानगरको ११ औं नगरसभामा बोल्दै वडा नम्बर २९ का वडा सदस्य सन्तोष ढुंगेलले मेयर साहसँग लोगो माग गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको चिनारीका लागि कुनै चिन्ह पहिचान नभएको भन्दै सदस्य ढुंगेलले छुट्टै लोगो माग गरेका हुन् ।

यसअघि मंगलबार बसेको महानगरको नगरपालिका बैठकमा समेत जनप्रतिनिधिहरुले महानगरको पहिचानसहित छुट्टै पोसाक वा लोगो हुनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार