logo
बिहिबार, भाद्र २ २०७९
फेरि बढ्यो हवाई भाडा

फेरि बढ्यो हवाई भाडा


142
SHARES

काठमाडौं । वायुसेवा कम्पनीले हवार्य भाडा पुनः वृद्धि गरेका छन् ।

वायुसेवा सञ्चालक संघले दिएको जानकारीअनुसार अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा चल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५ रुपैयाँ कायम गरिएको छ ।

यो भाडा धनगढीका लागि तय भएको हो । काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८९० तय भएको छ भने काठमाडौंदेखि भद्रपुरका लागि १२ हजार ९५५ तय गरिएको छ ।

त्यसैगरी काठमाडौंदेखि विराटनगरसम्म पुग्नका लागि अब १० हजार २०५ रुपैयाँ लाग्नेछ । त्यस्तैगरी भरतपुरका लागि चार हजार ९९०, जनकपुरका लागि पाँचहजार ८६० रुपैयाँ लाग्नेछ ।

पोखराका लागि ६ हजार ९८५, भैरहवाका लागि ८ हजार ६७५ रुपैयाँ अधिकतम भाडादर कायम गरिएको छ ।

नेपालगन्जका लागि १३ हजार ९८० रुपैयाँ, तुम्लिङटारका लागि ८ हजार २०५ रुपैयाँ तय गरिएको छ भने सिमराका लागि ४ हजार २४० रुपैयाँ तय भएको छ ।

सुर्खेतका लागि १४ हजार ९९५ र राजविराजका लागि ८ हजार ७५५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार