logo
बिहिबार, असोज २० २०७९
माओवादीको पदाधिकारी टुंगो लगाउने जिम्मा प्रचण्डलाई नै

माओवादीको पदाधिकारी टुंगो लगाउने जिम्मा प्रचण्डलाई नै


166
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुले पार्टीको पदाधिकारीसहित बाँकी रहेका कमिटीहरु टुंग्याउनेबारे ठोस प्रस्ताव ल्याउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

प्रचण्ड निवास खुमलटारमा मंगलबार बसेको बैठकमा नेताहरुले पदाधिकारी तथा कमिटीहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने कुरा राखेका थिए ।

यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव रहेको थियो । छलफलपछि बैठकले यसबारे प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको छ ।

प्रचण्ड यतिबेला पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन् । आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा जुटेका हुन् ।

यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्यूरो पनि टुंग्याउन छलफल गरिरहेका छन् । प्रचण्डले सहमति जुटाउनकै लागि प्रचण्डले आज बस्ने भनिएको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार