काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायती व्यवस्था हटाएर बहुदलिय व्यवस्था ल्याउन कोइरालाले भूमिका खेलेको बताएका छन् ।
मंगलबार स्व. गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा देउवाले कठिन राजनीतिक मोड पार गर्दै कोइरालाले कांग्रेस र देशलाई योगदान दिएको बताएका हुन्।
उनले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न समेत कोइरालाले महत्वपूर्ण भूमिका खेलेको बताए ।
देउवाले हतियार उठाएर हिडेँका पार्टीलाई पनि शान्ति प्रक्रियामा ल्याएको कोइरालाले ल्याएको बताए। उनले भने, ‘उहाँले सहमति र सहकार्यमा गरेर राजनीति अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो, त्यो अहिलेपनि सान्दर्भिक छ।
© 2022 All right reserved | Site By : SobizTrend