logo
बिहिबार, असोज २० २०७९
एमसिसी मुलुकको हितमा छैनः एमाले

एमसिसी मुलुकको हितमा छैनः एमाले


357
SHARES

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ।

बुधबार संसद् भवनको ल्होत्से हलमा बसेको दलको बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी कार्यकर्ताको जस्तो देखिएको भन्दै विरोध गरेको छ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकले निर्वाचन आयोग एमाले टुक्य्राउन उद्यत् रहेको, दार्चुला घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको छ।

एमाले यस्ता विषयमा मूकदर्शक भएर नबस्ने उनले बताए।

 

माधब नेपाल सहित हामीले कारबाही गरेका १४ जना उपस्थित भए संसद चल्न दिँदैनौं

नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ ।

प्रतिनिधिसभाको बैठक आज बुधबार ९२३ भदौमा० बोलाइएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए ।

उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उनले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं रु’

उनले अघि भने, ‘यदि गैर सांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार