logo
बुधबार, असार २२ २०७९
भ्रष्टाचार आरोपमा बर्खास्त भएका स्वास्थ्यमन्त्री पक्राउ

भ्रष्टाचार आरोपमा बर्खास्त भएका स्वास्थ्यमन्त्री पक्राउ


430
SHARES

काठमाडौं । भारतको पन्जाबका मुख्यमन्त्री भगवन्त मानले भ्रष्टाचार आरोपमा स्वास्थ्यमन्त्री डा.विजय सिंग्लालाई बर्खास्त गरेका छन्।

बर्खास्त भएलगत्तै मंगलबार सिंग्लालाई प्रहरीले पक्राउ गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

स्वास्थ्यमन्त्री सिंग्लाले टेन्डर पास गराएको एक प्रतिशत कमिसन मागेको थाहा भएपछि उनलाई बर्खास्त गरेको मुख्यमन्त्री मानले बताएका छन्।

उनले सामाजिक सञ्जालमा भिडिओमार्फत् यसबारे जानकारी दिएका हुन्।

उनले प्रहरीलाई डा।सिंग्लाविरूद्ध मुद्दा दायर गर्न निर्देशन समेत दिएका थिए। त्यसपछि उनी पक्राउ परेका हुन्।

आधिकारिक उजुरी आएपछि मानले घटनाबारे आफैं गएर डा। सिंग्लालाई सोधेको र सो कुरा स्वीकारेको समेत बताएका छन्।

‘मैले सो उजुरी कार्पेटमुनि लुकाएर राख्न सक्थेँ। किनकि यसबारे न त मिडियालाई थाहा थियो न त प्रतिपक्षी दललाई। तर अरविन्द केजरीवाल नेतृत्वको आम आद्मी पार्टीले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति अपनाएको छ। त्यसैले मैले तुरून्तै उनलाई बर्खास्त गरेँ,’ उनले भनेका छन्।

भ्रष्टाचारको आरोपमा मन्त्रीलाई बर्खास्त गरेपछि दिल्लीका मुख्यमन्त्री समेत रहेका अरविन्द केजरीवालले यो निर्णयको स्वागत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार