काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गठबन्धन दलभन्दा बलियो देखिएका छन् ।
काँग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडीले ७ सय ९० मत पाएर अगाडि बढेका छन् । उनीभन्दा पछाडि एमालेका शिवशंकर साहले २ सय ५१ मत पाएका छन् ।
लोसपाका मनोज चौधरीले १ सय ७१ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ सय ६६ मत ल्याएका छन् ।
यस्तै सत्ता गठबन्धन दलका तर्फबाट जसपाका उम्मेदवार निवर्तमान नगरप्रमुख लालकिशोर साहले जम्मा ५३ मत ल्याएका छन् ।
© 2022 All right reserved | Site By : SobizTrend