काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर- २ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रिन विजयी भएका छन् ।
कुल खसेको १४८३ मतमध्ये ५४५ मत प्राप्त गर्दै पाख्रिन विजयी बनेका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४२४ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवारले ४२० मत प्राप्त गरे ।
सदस्यहरूमा पनि नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर रुम्बा, सुकराम मोक्तान, चमेली माया थिङ र कमला विश्वकर्मा विजयी बनेका छन् ।
© 2022 All right reserved | Site By : SobizTrend