बुधबार, जेष्ठ ११ २०७९
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित, कांग्रेस बीपीका भण्डारी विजयी

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित, कांग्रेस बीपीका भण्डारी विजयी


  • दैनिक न्यूज नेपाल
  • शनिबार, बैशाख ३१ २०७९
133
SHARES

काठमाडौं। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समेत वडा रहेको यहाँ कांग्रेस बीपीका नरेश भण्डारी प्यानलसहित विजयी भएका छन् ।

उनले ६७३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाए ।

कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार