काठमाडौं । नेकपा एमाले उपाध्यक्ष ईश्वर पोखरेलले अनेक प्रपञ्चबीच स्थानीय तह निर्वाचन भएकोमा धन्यवाद व्यक्त गरेका छन्।
सामाजिक सञ्चालमार्फत उनले निर्वाचन नै नहुने अनेक प्रपञ्च भए पनि निर्वाचनलाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने पार्टीका सम्पूर्ण पार्टी पंक्ति, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान केन्द्रमा खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण नेपालीलाई धन्यवाद ज्ञापन गरेका छन्।
यद्यपि मतदानका दौरान आज विभिन्न जिल्लामा सरकारकै संरक्षणमा निर्लज्ज ढंगले घटनाहरू घटाइएको भन्दै त्यसको निन्दा पनि गरेका छन्।
© 2022 All right reserved | Site By : SobizTrend