आइतबार, मंसिर १२ २०७८
बामदेव गौतमलाई एकीकृत समाजवादीमा प्रवेश निषेध !

बामदेव गौतमलाई एकीकृत समाजवादीमा प्रवेश निषेध !


  • दैनिक न्यूज नेपाल
  • आइतबार, भाद्र २० २०७८
349
SHARES

काठमाडौं । नेकपा एमाले बिभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको घोषणा भएको छ तर उपाध्यक्षबाट राजिनामा दिएर एमाले परित्याग गरेका वामदेव गौतम अटाउन नसकेको देखिएको छ ।

नेकपा एमालेवाट विभाजित भएको नेकपा एसले नेपाल नेतृत्वमा पाँच सदस्सीय स्थायी कमिटी बनाउँदा गत शुक्रवार नेकपा एमाले परित्याग गरेका गौतम अटाउन नसकेका हुन् ।

नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकरी गराएका छन् । तर, नेकपा एसमा प्रवेश गर्न लागेका गौतमलाई भने अन्तरपार्टी निर्देशनमा स्थायी कमिटीमा राखिएको छैन ।

‘पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको निम्ति अध्यक्ष कमरेड माधवकुमार नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहनु भएका कमरेडहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, प्रमेश हाल रहनु भएको स्थायी कमिटी गठन गरिएको छ’ अपानीमा उल्लेख गरिएको छ ।

केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी भने गंगालाल तुलाधारले पाएका छन् ।

निर्वाचन आयोग समिति हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डेय, डा। विजय पौडेल र रामकुमारी झाँक्रीलाई तोकिएको छ । त्यस्तै संसदीय समिति हेर्ने जिम्मेवारी विरोध खतिवडा, जीवनराम श्रेष्ठ र कल्याणी खड्कालाई तोकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडाले पाएका छन् । स्थायी कमिटीको हालै बसेको बैठकले खतिवडालाई प्रचार विभागको जिम्मा दिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार