बुधबार, जेष्ठ ११ २०७९
मौन अवधिमा कांग्रेस महाधिवेशन प्रतिनिधिले छाडे पार्टी

मौन अवधिमा कांग्रेस महाधिवेशन प्रतिनिधिले छाडे पार्टी


  • दैनिक न्यूज नेपाल
  • बुधबार, बैशाख २८ २०७९
664
SHARES

काठमाडौं। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले कपिलवस्तुका कृष्णप्रसाद पौडेलले मौन अवधिको समयमा पार्टी परित्याग गरेका छन् । उनी संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका थिए ।

उनले समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले आफूले राजीनामा दिएको बताएका छन् ।पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी पार्टी परित्यागपछि स्वतन्त्र रहने जनाएका छन् ।

उनको राजीनामाले निर्वाचनको बेला काँग्रेसलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । २०३७ सालदेखि निरन्तर पार्टीमा योगदान गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेल सक्रिय कार्यकताका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार