काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलंकाको जस्तै रहेको बताएका छन् ।
अर्थतन्त्रको प्रवृत्ति भने फरक फरक रहेको उनले उल्लेख गरे । डा.वाग्लेले अघिल्लो साता श्रीलंकाको संसदमा त्यहाँका अर्थतन्त्र उकास्ने उपायबारे विशेष छलफलमा भाग लिएका थिए ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा। वाग्लले नेपाल र श्रीलंकाबीचमा केही समानता रहेको र त्यो शासकीय स्वरुपसँग बढी सम्बन्धित रहेको बताए ।
शासकहरुले हचुवाको भरमा लिने नीतिका कारण अर्थतन्त्र समस्यामा पर्ने भन्दै श्रीलंकाले त्यस्तै गरेका कारण सो मुलुक टाट पल्टेको उनले बताए । यसमा करमा दरहरुमा बीना अध्ययन चलाउनेदेखि लोकप्रिय हुन लिएका कतिपय नीतिले भूमिका खेलेको बताए ।
© 2022 All right reserved | Site By : SobizTrend