मंगलबार, असोज १२ २०७८

जनयुद्धका घाइतेको निःशुल्क उपचार गर्ने गण्डकी प्रदेश सरकारको घोषणा


  • दैनिक न्यूज नेपाल
  • शनिबार, भाद्र १९ २०७८
469
SHARES

काठमाडौं । गण्डकी प्रदेश सरकारले जनयुद्धका घाइते, अपाङ्ग तथा शहीद परिवारलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले जनयुद्धका घाइते, अपाङ्ग तथा शहीद परिवारलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले पदभार ग्रहण गर्ने क्रममा उक्त काम गर्ने पहिलो निर्णय गरेकी थिइन् ।

गण्डकी सरकारले यसअघि नीति तथा कार्यक्रममा समावेश गरी आवश्यक कार्यविधि बनाएर उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गुरुङले जानकारी दिइन् ।

उनका अनुसार अब गण्डकी प्रदेशभित्र रहेका जनयुद्धका घाइते, अपाङ्ग तथा शहीद परिवारले निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन् ।

माओवादी पटक पटक सरकारमा पुगे पनि शहीद, बेपत्ता तथा घाइतेलाई बेवास्ता गरेको आरोप लाग्ने गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार