आइतबार, मंसिर १२ २०७८
माधब नेपालसंग पार्टीको सहअध्यक्ष्य माग्दा दिनु भएन, उल्टै चरित्र हत्या भोः बामदेव गौतम

माधब नेपालसंग पार्टीको सहअध्यक्ष्य माग्दा दिनु भएन, उल्टै चरित्र हत्या भोः बामदेव गौतम


  • दैनिक न्यूज नेपाल
  • बुधबार, भाद्र १६ २०७८
477
SHARES

काठमाडौं । नेकपा एमाले छाडने र माधब नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्ने घोषणा गरेका बामदेव गौतमले आफुले माधब नेपालसंग नेकपा एकीकृत समाजवादी पार्टीको सहअध्यक्ष माग्दा माधब नेपालले जवाफै नदिएको बरु एकीकृत समाजवादी पार्टीले नै आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन ।

माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो । मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ । उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झलनाथ हुनुहुन्छ ।’

मैले भनेँ, उहाँ (झलनाथ) लाई वरियतामा दुई नम्बरमै राख्नु, म सहअध्यक्ष भए पनि तीन नम्बरमा राख्दा तपाईंलाई सहयोगका निम्ति ठिक हुन्छ ।

यस्तो सल्लाह गर्दा केशवलाल र हरि पराजुली पनि हुनुहुन्थ्यो । त्यस क्रममा माधव नेपालले सल्लाह गरेर जवाफ दिन्छु भन्नुभयो । तर, जवाफ दिनुभएन । साथीहरूसँग सल्लाह गरेर जवाफ दिन्छु भन्नुभएको, आजसम्म केही पनि छैन । अहिले मेरो विरुद्धमा एउटा आर्टिकल आएको छ । माधव नेपालको पार्टीले मेरो चरित्र हत्या गर्‍यो ।

पार्टी दर्ता भएपछि मैले घोषणापत्र हेरेँ । मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद मात्रै रहेछ, जबज हटेको छ । त्यो घोषणापत्र लिएर म, हरि पराजुली र केशवलाल श्रेष्ठ माधव नेपालकोमा गयौँ । जबज छुटेको हो कि छुटाएको हो भन्दा उहाँले यो नहालेकै हो भन्नुभयो ।

उहाँले जनताको बहुदलीय जनवादलाई सिद्धान्तमा राख्न सक्नुहुन्न । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाइसकेपछि त म बस्न सक्दैन । त्यसलाई पुनर्विचार गर्नुहुन्छ भने विचार गर्न सकिन्छ, यदि पुनर्विचार हुँदैन भने म तपाईंसँग रहन सक्दिनँ भन्ने कुराकानी गरेँ ।

माधव नेपालको मूल ढोकै बन्द भो 

(माधव नेपालको पार्टीमा) प्रवेश गर्नुभन्दा पहिल्यै, मैले जहिले प्रवेश गर्छु भनेको थिएँ, त्यसअघि धेरै व्यवस्थापन हुनुपर्छ । विचार, नीति आदि । कम्तीमा पनि २ हजार साथीहरूको व्यवस्थापन गर्नुपर्छ । त्यसका निम्ति के गर्ने भन्ने त मैले राखेकै थिएँ ।

अब त मूल ढोका नै बन्द भयो । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हुनुपर्थ्यो । त्यो माधव नेपालले कसरी छोड्नुभयो भन्ने मलाई रहस्यमय लागेको छ । अब सच्याउनुभयो भने पनि मेरो चरित्रहत्या गरिसकेपछि मैले के गर्ने भन्ने प्रश्न खडा भयो ।

अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा साथीभाइहरूसँग सरसल्लाह गर्छु । छलफल गर्छु । अझै पनि केही साथीहरूले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा समावेश गर्न सकिन्छ कि, हामी लाग्छौँ भन्नुभएको छ, । लाग्नुस्, यदि गर्नुभयो भने मैले जानेकै छु, उहाँलाई आउँछु पनि भनेकै छु भनेको छु ।

जबज छोडेपछि त सत्ता कब्जाको राजनीतिमा गइयो । फौज बनाउने, युद्ध गर्ने, सत्ता कब्जा गर्ने, एकदलीय शासन गर्ने ठाउँमा हामी पुग्यौँ, पुग्यौँ । त्यो बाटो होइन, यो बाटो हो भन्ने हो भने जबजले मात्रै मार्गदर्शन गर्छ ।

यो सिद्धान्त परित्याग गरेपछि हामी नेपालमा पनि सफल हुँदैनौ, अरू कुनै पनि ठाउँमा सफल हुँदैनौँ । जबजको विचारका आधारमा अघि बढेपछि संसारभरि समाजवाद आउन सक्छ ।

अमेरिकाजस्तो देशमा समाजवाद लागु हुन सक्छ । किनकि, अबको समाजवाद भनेको पुँजीवादसहितको समाजवाद हो । त्यसो भएर संसारभर त्यो समाजवाद आउन सक्छ र त्यही समाजवादको बाटोमा हिँड्दै जाँदा एक दिन साम्यवादमा पुग्नेछौँ भनेर मैले पटक–पटक भनेको छु । मैले सबभन्दा पछि प्रकाशित गरेको ‘जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन’ भन्ने पुस्तकमा पनि राम्रैसँग लेखेको छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार