बुधबार, जेष्ठ ११ २०७९
कुनै हालतमा लोडशेडिङ हुन दिन्नः कुलमान घिसिङ

कुनै हालतमा लोडशेडिङ हुन दिन्नः कुलमान घिसिङ


  • दैनिक न्यूज नेपाल
  • बिहिबार, चैत्र १० २०७८
268
SHARES

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज बिहीवारदेखि सबै उद्योगलाई बिजुली दिने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा एकाएक कोइलाको भाउ बढ्दा नेपालमा पनि समस्या परेको तर यसको समाधान गर्ने बताउनुभयो ।

‘हामीले महँगोमा किनेर भए पनि लोडशेडिङ हुँदैन, घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ गर्दैनौँ, सबै जना ढुक्क हुनुहोला लोडशेडिङ हुँदैन,’ घिसिङले भन्नुभयो ।

भारतले कोइलाबाट उत्पादन भएको बिजुली मात्रै नेपालमा निर्यात गर्ने नीति बनाएको छ, अहिले रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको भाउ बढ्दा नेपालले बिजुली महँगोमा किन्नुपरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

यसअघि भारतबाट अधिकतम औसत तीन भारुमा बिजुली किन्दै आएकोमा अहिले आकस्मिक समस्या आएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार