मंगलबार, असोज १२ २०७८

शिक्षा र स्वास्थ्य क्षेत्रमै अरबौं लगानि गरेका अर्बपति स्वास्थ्य मन्त्री भन्छन- शिक्षा र स्वास्थ्यमा धेरै व्यापार गर्नु हुदैन


  • दैनिक न्यूज नेपाल
  • आइतबार, भाद्र १३ २०७८
291
SHARES

काठमाडौं ।आफ्नो आधा सम्पति राज्यलाई दिने घोषणा गरेर चर्चामा आएका स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यमा धेरै व्यापार गर्न नहुने बताएका छन । शिक्षा र स्वास्थ्य क्षेत्रमा उनको अरबौं लगानि छ तर स्वास्थ्य मन्त्रीको रुपमा काम गर्दै जादा सोच परिवर्तन भएको बताएका छन ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यमा काम गर्नेहरुको भावना र सोच नै सेवामूलक हुनुपर्ने बताएका छन् । उनले यसमा लागेकाहरुले कमाउँछु भन्दापनि सेवा गर्छु भन्ने भावना बोक्नुपर्ने सुझाव दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्यमा धेरै व्यापार गर्न नहुने पनि धारणा राखे । आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएसँगै धेरै कुरा बुझेको र योजनापनि अघि सारेको उनको भनाई छ । उनले चिकित्सा शिक्षा सुधार अभियन्ता डा। गोविन्द केसीसँग वार्ता गर्न आफू तयार रहेको स्मरण गराए । उनले आफू अहिले राज्यको सेवामा गएकोले राज्यको काम गर्ने मात्रै ध्यान रहेको स्पष्ट पारे ।

उनले आफूले यो अवधिमा पब्लिक सेक्टरलाई स्तरोन्नती गर्ने योजना पनि बनाएको सुनाए । आफू देशभरिका सरकारी अस्पताललाई कसरी सवल र राम्रो बनाउन सकिन्छ भनेर गम्भीर भएर लागिपरेको पनि उनको भनाई थियो । उनले आफू मन्त्री भएकोमा भएको विरोध र आलोचनाप्रति आफूले खासै चासो नदिएको भन्दै अब काम गरेर देखाउने र जनताको मन जित्ने पनि सुनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार