काठमाडौं । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।
गालीगलौजको जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।
उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो । थापाको तर्फबाट उनकी दिदी तारा थापाले जाहेरी दर्ता गराएकी थिइन् ।
पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ ।
© 2022 All right reserved | Site By : SobizTrend