बुधबार, जेष्ठ ११ २०७९
क्रिप्टो करेन्सी र बिट क्वाइनबाट कारोबार गर्ने तीन जना पक्राउ

क्रिप्टो करेन्सी र बिट क्वाइनबाट कारोबार गर्ने तीन जना पक्राउ


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, माघ ७ २०७८
216
SHARES

काठमाडौ । क्रिप्टो करेन्सी र बिट क्वाइनबाट वित्तिय कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले मीनभवनबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्वत फलेबास नगरपालिका-११ कर्नास घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं-११ थापाथली बस्ने २७ वर्षीय दीपेनराज श्रेष्ठ छन्।

पक्राउ व्यक्तिहरूमध्येका राजन भट्टराईले हालसम्म ९७५ जनासँग एक हजार ९२६ पटक कारोबार गरेको तथा मंसिरदेखि पुससम्म लगभग २६ लाख रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।

अन्य दुई जनाले समेत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

नेपालमा क्रिप्टो करेन्सीको कारोबार गर्ने गराउने कार्य कानुन बिपरित भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार