बुधबार, जेष्ठ ११ २०७९
नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने


  • दैनिक न्यूज नेपाल
  • बुधबार, माघ ५ २०७८
129
SHARES

काठमाडौं । नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् ।

अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।

पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए ।

गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने कुरा समावेश भएको छ ।

आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भीसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने छन्।

राजदूत भोल्कमार्फत गरिएको आग्रह एकहप्तामै कार्यान्वयनमा आएकोमा गृहमन्त्री खाणले अस्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार