logo
बिहिबार, भाद्र २ २०७९
उत्तर कोरियाले गर्‍यो दुई ओटा हाइपरसोनिक परीक्षण

उत्तर कोरियाले गर्‍यो दुई ओटा हाइपरसोनिक परीक्षण


180
SHARES

काठमाडौं। उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ ।

उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो ।

सो प्रहार एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ ।

नयाँ वर्षको अवसरमा नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका थिए ।

मंगलबारको परीक्षणको जापान र दक्षिण कोरिया दुबै देशले विरोध गरेका थिए ।

प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार