शुक्रबार, माघ ७ २०७८
पर्यटन व्यवसायीहरु भन्छन्-जस्तोसुकै अवस्था आएपनि अब लकडाउन गर्न हुन्न्

पर्यटन व्यवसायीहरु भन्छन्-जस्तोसुकै अवस्था आएपनि अब लकडाउन गर्न हुन्न्


  • दैनिक न्यूज नेपाल
  • आइतबार, पुष २५ २०७८
92
SHARES

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ ।

साथै बोर्डले यो बीचमा आफुले गरेका काममहरुबारे जानकारी दिँदै नयाँ परिस्थितिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको छ ।

कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरूको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुपर्ने सुझाव दिएका छन् ।

कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्तो निर्णय अब झुक्किएर पनि नगर्न व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् ।

व्यवसायीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकारीरुपमा बनाउँदै पर्यटनलाई चलाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख ९सीईओ० डा।धनञ्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनको बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

उनले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सन्र्दभमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।

सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईंले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए ।

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डलाई बजार रणनीति परिवर्तन गर्न सुझाव दिए ।

यस्तै एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले जनसम्पर्क तथा प्रचार प्रसार, अर्का वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आन्तरिक पर्यटन प्रबर्द्धन तथा योजना, कर्पोरेट निर्देशक सन्तोष पन्तले बोर्डको आय व्ययको अवस्था, निर्देशक मणिराज लामिछानेले अनुसन्धान तथा पूर्वाधार विकास एवं निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले यो बीचमा गरेका बजार प्रवद्र्धन, बजार तथा जीविकोपार्जनका लागि पर्यटन पुनरुत्थान परियोजना (एसटीएलआरपी) का राष्ट्रिय कार्यक्रम, प्रबन्धक ज्ञानेश्वर महतोले युएनडिपीको र पर्यटन बोर्डको सहकार्यमा सञ्चालनमा आएको एसटीएलआरपीका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा पर्यटनसँग सम्बन्धित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा०, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (नाटा), प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) एक्सपिडिसन अपरेटर एशोसिएसन लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी रहेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार