शुक्रबार, माघ ७ २०७८
तालिवानद्धारा महिलाहरुलाई बुर्का लगाउन दबाब

तालिवानद्धारा महिलाहरुलाई बुर्का लगाउन दबाब


  • दैनिक न्यूज नेपाल
  • आइतबार, पुष २५ २०७८
141
SHARES

काठमाडौं । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ ।

तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ ।

बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ ।

१५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाहरुका अधिकार कटौती गर्दै आएका छन् ।

‘शारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ पोस्टरमा भनिएको छ ।

सत्तापलटपछि तालिवानले पुर्नःस्थापना गरेको गुण तथा दुर्गुणसम्बन्धी मन्त्रालयका प्रवक्ता सइद अकिफ मुहजिरले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन प्रोत्साहन गर्न सार्वजनिक स्थलमा पोस्टर टाँसिएको बताए ।

शरीर ढाक्ने गरी वस्त्र नलगाउनेलाई कारबाही भने नगरिने उनको भनाई छ । ‘नियम पालना नगर्नेमाथि कारबाही हुनेछैन्,’ मुजहिरले भने ।

काबुलमा प्रायः महिलाले टाउको ढाक्ने वस्त्र लगाउँछन्, यद्यपी केहीले भने पश्चिमा शैलीका अत्याधुनिक पोसाकमा सजिएका भेटिन्छन् ।

राजधानीबाहिरका सहरमा भने महिलाको टाउकोमा बुर्का देखिनु सामान्यजस्तै बनेको छ ।

पोस्टरमार्फत महिलालाई तालिवानले बुर्का लगाउन दबाब दिएको र यसले अनावश्यक त्रास बढाएको केहीले गुनासो गरेका छन् ।

‘उनीहरुले मानिसहरुमा त्रास बढाउन खोजेका छन्,’ विश्वविद्यालयकी एक विद्यार्थी तथा महिला अधिकार अभियन्ता भन्छिन् ।

सुुरुमा पोस्टर देख्दा आफू डराएको बताउँदै उनले भनिन्, ‘उनीहरुले मलाई बुर्का लगाउन भनेका छन् । उनीहरुले भनेको मैले कहिल्यै मान्दिन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार