मंगलबार, असोज १२ २०७८

प्रचण्डको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’


  • दैनिक न्यूज नेपाल
  • शनिबार, भाद्र ५ २०७८
211
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबारदेखि रुघा, खोकी र ज्वरो आएपछि आराम गरिरहेका प्रचण्डको चिकित्सकको सल्लाहमा कोरोना परीक्षण गरिएको हो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनको स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।

सामाजिक सञ्जाल गंगाले भनेकी छिन्, देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवश्था सामान्य रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार