शुक्रबार, माघ ७ २०७८
राजेन्द्र लिङदेन अध्यक्ष बनेपछि सञ्जय श्रेष्ठ पुनः फर्किए राप्रपामा

राजेन्द्र लिङदेन अध्यक्ष बनेपछि सञ्जय श्रेष्ठ पुनः फर्किए राप्रपामा


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, मंसिर २४ २०७८
381
SHARES

काठमाडौं । गायकद्वय सञ्जय श्रेष्ठ र कवीन्द्र श्रेष्ठ पुनः राप्रपामा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् ।

विगतमा राप्रपामा रहेर विभिन्न कारणले निष्क्रिय रहेका देशभक्त राष्ट्रवादी नेता कार्यकर्तालाई पार्टीमा फर्किइ पुनः सक्रिय रहन अध्यक्ष लिङ्देनको अपिल गरेका छन् । २०७० को निर्वाचनमा काठमाडौं-६ मा तत्कालीन राप्रपा नेपालका उम्मेदवार रहेको उनी पछिल्लो समय निष्क्रिय रहेकामा फेरि पार्टी प्रवेश गरेर सक्रिय हुन लागेका हुन् ।

यसैगरी डाँडैमा मेला लागेछ लगायत गीतका लोकप्रिय गायक कवीन्द्र श्रेष्ठ पनि शुक्रबार राप्रपामा प्रवेश गरेको नेता मोहन श्रेष्ठले जानकारी दिएका छ । बुढानीलकण्ठकी समाजसेवी झुमा तिम्सिना पनि राप्रपाको कार्यालय आफै खोज्दै आएर राप्रपामा सक्रिय हुने घोषणा गरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार