शुक्रबार, माघ ७ २०७८
एमाले र राप्रपाबीच पार्टी एकता !

एमाले र राप्रपाबीच पार्टी एकता !

केपी शर्मा ओलीलाई संघियता, धर्मनिरपेक्षा, गणतन्त्र बिरोधी भएको आरोप लाग्दै आएको छ ।


  • अस्मिता बेल्बासे
  • बिहिबार, मंसिर १६ २०७८
1.9K
SHARES

काठमाडौं । भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा बिभिन्न पार्टीका शिर्ष नेताहरुले वक्ताका रुपमा बोल्ने क्रममा शभकामना र बधाईसंगै बिभिन्न खालका टिप्पणी गर्दै एक अर्कालाई घोचपेच गर्ने क्रमजारी छ।

जब नेकपा एकालेको दशौं महाधिवेशनको चहलपहल बढ्यो अन्य पार्टीका नेता–कार्यकर्ताहरुले टिका–टिप्पणी गर्न थाले । एमालेको माहाधिवेशनमा विभिन्न दलका नेताहरुको पनि उपस्थित थियो। उक्त महाधिवेशनमा विभिन्न दलका नेताहरुले आफ्ना मन्तव्य पनि राखे ।एमालेकै महाधिवेशनमा बोल्ने क्रममा राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुबै प्रशंशा गरे । लाग्थ्यो उनी एमाले पार्टीको महाधिवेशमा भन्दा ओलीको प्रशंशा गर्न आएका थिए ।

एमालेको दशौं महाधिवेशनमा जब राप्रपाका अध्यक्ष कमल थापा उपस्थित भएर आफ्ना मन्तव्य प्रस्तुत गरे । जब कमल थापाले बोलेका कुराहरु सुनियो तब उनी केपी ओलीसंग सहकार्य गर्दैछन या पार्टी एकता । राप्रपा अध्यक्ष थापाले केपी ओलीको खुबै प्रशंसा गरे । थापाले ओलीलाई दृढ अडान भएको राष्ट्रवादी नेता भन्दै उनी नेतृत्वको पार्टीले देशलाई सङ्कटबाट पार लगाउने विश्वास व्यक्त गरेका थिए ।

राप्रपा अध्यक्ष थापाले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्ति सिके राउत र विप्लव नेतृत्व नेकपा समुहलाई पनि शान्तिपूर्वक र्वार्तामा ल्याउन सफल भएको र नेपालको गुमेको भू–भागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै चाहिने भन्दा बढिनै प्रशंसा गरे । एमाले र राप्रपाका केही एजेण्डा मिल्ने बताएसँगै दुबै पार्टीका अध्यक्षले केहीलाई सहमति मै मिलाएर लैजान सक्ने धारण व्यक्त गरिसकेका छन् ।

एमालेका अध्यक्ष केपी ओली राप्रपासँग सहकार्य गर्न तयार छन। ओलीले बारम्बार राप्रपाका अध्यक्ष कमल थापासँग सहकार्य गर्दै आएका छन् । रात होस् या दिन थापालाई भेट्ने गरेको पाइन्छ । यस्तै काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने र एजेन्डाले नै नेकपा एमाले र राप्रपालाई एकै ठाउँमा ल्याउने बताएका छन। पछिल्लो समय हिन्दु राष्ट्र र राजतन्त्रको एजेण्डामा एमालेभित्र गृहकार्य भैरहेको अपुष्ट चर्चा हुने गरेको छ । ईश्वार पोखरेलले नेकपा एमाले राप्रपासंग सहकार्य गर्न सधै तयार रहेको बताएका छन ।

राप्रपाले पनि हिन्दु राज्य, संघियता खारेजी र राजसंस्थाको वकालत गर्दै आइरहेको छ । पोखरेलले कार्यक्रममा सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताएका छन् । विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्नुपर्नेमा एमालेको जोड छ । देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा पनि एमालेको जोड छ ।

यता राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली नेपालका लागि उपयुक्त हुन्छ भनेको छ  । दुबै पार्टीले एक अर्काको एजेन्डा र सिद्धान्तलाई परिमार्जन गरेर एकता पनि गर्न सक्ने स्थिति बन्दै गएको राजनीतिक विश्लेषकहरुले बताउँदै आएका छन। सत्तामा हुँदा केपी ओलीले चितवनमा राम मन्दिर बनाउँछु भन्ने र कम्युनिस्ट भएर बेलाबेलामा पशुपतिनाथ लगायतका मन्दिरहरुमा दर्शन गर्न पुग्नुले पनि अब केपी ओलीले नेपालमा हिन्दुराष्ट्र देश घोषणा गर्ने भए भन्ने विभिन्न टिकाटिप्पणी पनि सुनिएको थियो । संघियता, धर्म निरपक्षता विरोधी भन्ने आरोप खेप्दै आएका केपी ओली वास्तवमा हिन्दुराष्ट्र नै चाहान्छन् ?

अब एमाले र राप्रपा एकता होला त ?
नेपालका कम्युनिस्ट पार्टीहरूमा जुटभन्दा फुटको इतिहास बढी छ । सैद्धान्तिक राजनीतिक विषयमा मतान्तरभन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद–प्रतिष्ठा र अवसरकै कारण कम्युनिस्ट पार्टीहरू जुट्ने–फुट्ने गरेको पाइन्छ । जुट्नभन्दा बढी फुट्न जानेका वामपन्थीमध्ये ठूला दलले एउटै कम्युनिस्ट केन्द्रका लागि गरेको संकल्पले राजनीति ध्रुवीकरणको दिशामा जान थालेको छ ।

पार्टी एकता गर्ने सैद्धान्तिक सहमति एमाले र राप्रपाले भनेजस्तै पूरा होला त ? आशंका उब्जिएको छ । पटक–पटक फुटजुटको शृंखलाबाट गुज्रेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुनः एकीकृत भएर अहिले एकता महाधिवेशन गरिरहेको छ भने नेकपा एमाले पनि नेकपा माओवादीसँग अगल हुँदै एमालेबाट फेरी फुट भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । फुटजुटको पृष्ठभूमि तथा भविष्यको सम्भावनाबारे थुप्रै आशंका र आकलन देखिने गरेका छन् ।

२०७४ असोज १७ मा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तालमेल गरेर लड्ने र त्यसपछि पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । नेपालमा कम्युनिष्ट आन्दोलनको ५८ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । पार्टी एकता प्रक्रिया नै नटुंगिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई टुक्रामा विभाजित भएको थियो । यसैगरी २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ ।

यस्तै हिन्दूराष्ट्रको एजेण्डा बोक्ने दलको एकीकरणमा छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ दल भाजपाको प्रेरणा रहेको अनुमान गरिरहेका छन् । यसैगरी विगतको पृष्ठभूमिलाई दृष्टिगत गर्दै राप्रपा एकता दिगो नरहने आशंकासमेत गरिएका छन् । पार्टी पार्टीबीच पटक–पटकको विभाजनले पार्टी, कार्यकर्ता र पार्टीले अवलम्बन गरेको विचारको भविष्यमाथि नै गम्भीर प्रश्न खडा भएको तथ्य सर्वविदित छ । नेताहरूको संकीर्ण स्वार्थका कारणबाट भएको हुँदा, पार्टी एकता नभए पार्टी परित्याग गर्न बाध्य हुने धारणा आमकार्यकर्ता पंक्तिबाट आइरहेको थियो । हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको एजेण्डा बोकेको एक मात्र दल राप्रपाबाट गत संसदीय चुनावमा एक जना राजेन्द्र लिङदेनले मात्र विजय हासिल गरेका थिए । अन्तत ३ प्रतिशत पनि नपुगेर राष्ट्रिय पार्टी बन्नबाट बञ्चित हुनु परेको थियो ।

सनातन धर्ममा विश्वास राख्ने ९४ प्रतिशत जनता भएको देशमा सो एजेण्डा बोक्ने एउटै मात्र दलले प्राप्त गरेको मत अत्यन्त निराशाजनक र विडम्बनापूर्ण रह्यो । यद्यपि विभिन्न निकायबाट भएका सर्वेक्षणले अझै हिन्दूराष्ट्रको पक्षमा बहुसंख्यक नेपाली जनता रहेको देखाएको छ । जनआकांक्षाअनुरूप काम गर्न नसकेकाले कांग्रेस कम्युनिस्टबाहेक अर्को शक्ति भइदिए हुन्थ्यो भन्ने आमजनताको मनमा छ ।

राप्रपा एकीकरणबाट देशले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति प्राप्त गरेको छ । कांग्रेस र कम्युनिस्टबाट वाक्कदिक्क भएका जनताले भोट हाल्ने र भरोसा गर्न सकिने विकल्प पाएका छन् । राप्रपाको इतिहास करिब तीन दशकको भए पनि यसपटकको एकीकरणका क्रममा कायम गरिएको मान्यता, अवधारणा र संकल्पलाई दृष्टिगत गर्ने हो भने राप्रपा नयाँ शक्तिका रूपमा स्थापित हुन उद्यत रहेको बुझ्न सकिन्छ ।

२००७ सालमा प्रजातन्त्र स्थापनादेखि हालसम्मको बहुदलीय प्रजातान्त्रिक अभ्यासमा नेपालको राजनीतिमा वामपन्थी र वामपन्थी झुकाव राख्ने विचारधारा र शक्ति निरन्तर हाबी रहँदै आएको छ । वास्तवमा राप्रपाले ०६३ अघिको राजनीतिक व्यवस्था र संस्थाको पुनस्र्थापना गर्न खोजेको होइन । परिवर्तनकारी शक्तिहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको शासकीय स्वरूप, राज्य संरचना र सांस्कृतिक व्यवस्था कायम गर्न खोजेको हो । एकीकृत राप्रपाले सुशासन र समृद्धिलाई प्राथमिक कार्यनीति बनाएको छ । कम्युनिस्टको विचार र बाटो असफल प्रमाणित भएको सन्दर्भमा राप्रपाको संवद्र्धनवाद राष्ट्रनिर्माणको वैचारिक मेरुदण्ड बन्न सक्छ ।

धर्मको बारेमा नेपालमा लामो समयदेखि विवाद हुँदै आएको छ । तर धर्मको बारेमा स्वतन्त्र हिसाबले नेपाली जनताले आफ्नो जनमत अहिलेसम्म दिन पाएका छैनन् । संविधानमा धर्मबारे के राख्ने, के नराख्ने भन्ने मनोगत अधिकार नेताहरूमा मात्र निहित हुने कुरा होइन । यता साझा र विवेकशील पार्टी एकतापछि (विवेकशील साझा पार्टी)मा पनि पछिल्लो पटक खटपट देखिएको छ । विवेकशील साझा पार्टीमा उठाइएका फरक मतका कारण अध्यक्ष र संयोजकबीच खीचातानी भएको छ ।

पार्टी एकता पश्चात् जुन एजेण्डा लिएर सहमतिमा आएका थिए । तर पछि एकअर्काले संघीयता खारेजी र धर्म निरपेक्षताबारे फरक विचार राखे । धर्मनिरपेक्षता शब्द र सिद्धान्त राम्रो हो । तर यसको प्रयोग कहीँ पनि सैद्धान्तिक एवं स्वाभाविकरूपमा हुन पाएको छैन । अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहसहितको विचार अगाडि सारेका थिए भने संयोजक मिलन पाण्डले गणतन्त्रको सुदृढिकरण, धर्मनिरपेक्षताको रक्षा तथा संघीयतामा सुधार आवश्यकता रहेको प्रस्तावमा उल्लेख गरेका थिए ।

धर्म निरपेक्षताबारे एक अर्काले अनेकौं टिकाटिप्पणी आएका छन् । तत्कालीन विवेकशील पार्टी र साझा पार्टी २०७४ साउन ११ मा एक भएका थिए । त्यसपछि २०७५ पुसमा उनीहरू विभाजित भएका थिए । २०७७ मंसिरमा विवेकशील र साझा पार्टी एकता भएको थियो । २६ सदस्यीय सचिवालय र ६५र६५ सदस्यीय केन्द्रीय समिति बनाउने त्यसबेला सहमति भएको थियो । एकताका बेला ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भए पनि महाधिवेशन नहुँदै विवेकशील साझा पार्टी फेरि फुटको स्थितिमा पुग्यो ।

धर्मनिरपेक्षता विश्वका धेरै मुलुकमा विदेशी दबाबमा लादिएको पाइएको छ, नेपालमा पनि त्यही भएको हो । कतै एमाले र राप्रपामा एकताको सहमति भइहाल्यो भने पनि यस्तै हुनेत होइन ? पटक–पटक हिन्दूराष्ट्र नेपालकै पक्षमा आवाज एवं आन्दोलन उठ्दै आएका छन् । तर अहिलेको परिवर्तित सन्दर्भमा सडक आन्दोलनले बलपूर्वक तत्कालै त्यो परिणाम निकाल्दा देशमा हिंसा भड्किन सक्छ, देशमा अशान्ति आउन सक्छ । तसर्थ शान्तिप्रेमी अहिंस्रक नेपालीहरू अरूलाई पनि दुःख हुने बाटोमा हिँड्न सदा अनिच्छुक देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार