शुक्रबार, माघ ७ २०७८
९० प्रतिशत कुरा मिलिसक्योः पृथ्वी सुब्बा गुरुङ

९० प्रतिशत कुरा मिलिसक्योः पृथ्वी सुब्बा गुरुङ


  • दैनिक न्यूज नेपाल
  • आइतबार, मंसिर १२ २०७८
118
SHARES

काठमाडौं । नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन गर्ने विषयमा ९० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि होटलको लबीमा पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको हकमा लगभग सहमति भइसकेको बताए ।

उनले बाँकी रहेका विषयलाई पनि सहमतिमै टुङ्ग्याएर करिब एक घण्टापछि बन्दसत्र सुरु हुने पनि जनाकारी दिए । ‘सहमतिका लागि प्रयास जारी छ,’ उनले भने, ‘अध्यक्ष पदबाहेक अन्यमा लगभग सहमति जुटिसकेको छ ।’ अध्यक्ष पदका लागि पनि सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयनका लागि आइतबार बिहानैदेखि पार्टीका विभिन्न नेतासँग छलफल गरिरहेका छन् । उनले सहमतिमै नेतृत्व चयन गर्नका लागि छलफल गरे पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले भने निर्वाचनमै जोड दिँदै आइरहेका छन् । ओलीले रावलसँग पनि भेट गरी सहमति जुटाउने प्रयास गर्ने बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार