बुधबार, जेष्ठ ११ २०७९
ओलीलाई नेम्वाङको सन्देशः तपाईंबाहेक अरुलाई नेता मान्दिन

ओलीलाई नेम्वाङको सन्देशः तपाईंबाहेक अरुलाई नेता मान्दिन


  • दैनिक न्यूज नेपाल
  • आइतबार, मंसिर १२ २०७८
265
SHARES

काठमाडौं । कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ ।

महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।

ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् ।

तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईले अध्यक्ष ओलीलाई भेटेको एक नेताले जानकारी दिए ।

नेम्वाङको तर्क छ, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन ।

यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार