आइतबार, मंसिर १२ २०७८
महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने योगेश भट्टराईको दाबी

महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने योगेश भट्टराईको दाबी


  • दैनिक न्यूज नेपाल
  • बिहिबार, मंसिर ९ २०७८
77
SHARES

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गरेका छन्।

एमालेले उपाध्यक्ष भीम रावलले अध्यक्षमा दावेदारी गरिरहेका बेला सचिव भट्टराईको यस्तो भनाइ सार्वजनिक भएको हो।

उनले बिहीबार दिउँसो एमाले महाधिवेशनस्थल चितवनको नारायणी नदी किनारमा पत्रकार सम्मेलन गर्दै नेतृत्व सर्वसम्मत हुने दावी गरेका हुन्। यो महाधिवेशन ऐतिहासिक हुने उनको भनाइ छ।

महाधिवेशनको तयारी करिब ९७ प्रतिशत पूरा भइसकेको उनले जानकारी दिए। यो साता एमाले महाधिवेशनमा केन्द्रित हुने र महाधिवेशन सम्पन्न भएपछि स्थानीय, प्रदेश र संघीय तीनै तहको चुनावमा पार्टी केन्द्रित हुने उनको भनाइ थियो।

शुक्रबारदेखि एमालेको १० औँ महाधिवेशन सुरु हुँदैछ। महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु चितवन पुगिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार