काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आउन अब केही दिन मात्रै बाँकी छ ।
नेकपा एमालेले १० औं महाधिवेशबाट थपेको वरिष्ठ उपाध्यक्षको पदका लागि तिन नेता सुवास नेम्वाङ, विष्णु पौडेल र ईश्वार पोखरेलबिच महाभिडन्त हुने भएको छ ।
महाधिवेशन नजिकिँदै गर्दा उमेदवार घोषणा गर्ने क्रम सुरु भइसकेको छ । अध्यक्षमा केपी ओलीलाई सर्वसम्मत अध्यक्ष हुनबाट रोक्न भीम रावलले उमेदवारी दिने घोषणाा गरिसकेका छन् । य
सअघि अध्यक्ष ओलीले आफू सर्वसम्मत अध्यक्ष बन्ने चाहना राखेको भएपनि उनको त्यो सपना भीम रावलका कारण चकनाचुर बन्न पुगेको हो ।
अध्यक्षमा भीम रावलले उमेदवारी दिने घोषणा गरेपनि चुनाव नै हुने अवस्था आउँदासमेत ओली नै अध्यक्ष बन्ने करीब निश्चित नै छ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षको अध्यक्ष ओलीको उत्तराधिकारी को बन्ला भन्ने चासो समेत बढेको छ ।
अध्यक्षको उत्तराधिकारीको रुपमा लिइएको महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्षमा को आउला भन्ने आम चासो चुलिएको छ । यस पदका लागि तिब्र प्रतिष्पर्धा हुने देखिएको छ ।
१०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म एकजनाले मात्रै उमेदवारी दिने घोषणा गरेका छन् । वरीष्ठ उपाध्यक्ष पदका लागि तीनजना मुख्य दाबेदारको रुपमा देखिएका छन् ।
महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षको मुख्य दाबेदारको रुपमा हेरिएको छ ।
यी ३ नेतामध्ये स्थायी कमिटी सदस्य सुवास नेम्वाङले वरीष्ठ उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरिसकेका छन् भने महासचिव पोखरेल र उपमहासचिव पौडेलले उमेदवारी घोषणा गर्न बाँकी छ ।
एमालेमा अध्यक्षपछि वरियतामा वरिष्ठ उपाध्यक्ष पद राखिएको छ । जो यो पदमा पुग्छ उही अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने सम्भावना बलियो छ ।पोखरेल, पौडेल र नेम्वाङमध्ये एक वरिष्ठ उपाध्यक्ष बन्ने निश्चित जस्तै छ । यसको अर्थ अब ओलीको उत्तराधिकारी यी तीनमध्येका नेता हुनेछन् ।
ईश्वर पोखरेलओलीलाई कठिन समयमा साथ दिएकामध्ये एक नेताका रुपमा रहेका छन् । उनी ओली समूहबाट नवौं महाधिवेशनमा निर्वाचित महासचिव हुन् भने ओली सरकारमा उपप्रधानमन्त्रीसहित रक्षामन्त्री भएका थिए ।
यस्तै विष्णु पौडेल एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा महासचिव पदमा रहेका थिए । एमालेको नवौं महाधिवेशनमा ओली समूहबाट निर्वाचित उपमहासचिव पौडेलले नेकपा हुँदा महासचिवको जिम्मेवारी सम्हालेका थिए । ओलीले उनलाई उपप्रधानमन्त्री र अर्थमन्त्रीसमेत बनाएका थिए ।
सुवास नेम्वाङ पूर्वसभामुख हुन् । ओलीले नेम्वाङलाई संसदीय दलका उपनेतासमेत बनाएका थिए । ओलीका विश्वासिलामध्येका नेता हुन् । उनी पूर्वसभामुख हुन् । यसबाहेक ओलीको उत्तराधिकारी बन्न स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि लागेका छन् । पोखरेल निरन्तर ओली समूहमा छन् ।
१०औं महाधिवेशनमा ओली नै अध्यक्ष बन्ने र एमालेको विधानले पनि अर्को महाधिवेशनमा ओलीलाई अध्यक्षमा दोहोरिन नदिने भएकाले अब उनले उत्तराधिकारीको टुंगो लगाउने देखिएको छ । यी नेताहरुमध्ये एक वरीष्ठ उपाध्यक्ष बन्ने र उनै अध्यक्ष ओलीको उत्तराधिकारीको रुपमा रहने देखिएको नेकपा एमालेले जनाएको छ ।
© 2022 All right reserved | Site By : SobizTrend