आइतबार, मंसिर १२ २०७८
एमाले वरिष्ठ उपाध्यक्षमा उठने सुवास नेम्वाङको घोषणा

एमाले वरिष्ठ उपाध्यक्षमा उठने सुवास नेम्वाङको घोषणा


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, मंसिर ७ २०७८
151
SHARES

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ

काठमाडौंँ । नेकपा एमालेको दशौँ महाधिवेशन नजिकिएसंगै उम्मेदवारी दिनेको संख्या दिन प्रतिदिन बढ्दो छ। भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि अरु नेताहरू पनि तातेका छन्।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन ।

आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएकाबेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणपछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को हेबिवेट नेता भएका छन ।

नेम्वाङले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै उपाध्यक्ष पदभन्दा माथि नै उम्मेदवारी ९वरिष्ठ उपाध्यक्ष पद० दिने घोषणा गरेका हुन ।

उनले सहमति भए मान्य हुने बताउँदै चुनाव भए मैदानमा उत्रने बताए । एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन ।

विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । उनले संविधानसभा अध्यक्ष र सभामुखको सफलता पूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन । नेम्बाङ संसदीय निर्वाचनमा इलामबाट हालसम्म अपराजित छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार